Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाकाे मृत्यु, एक वेपत्ता

एक्सन खबर
असार, २६, २०८०


मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाकाे मृत्यु, एक वेपत्ता

काठमाडौं, २६ असार । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । एक जना वेपत्ता भएका छन् ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको थियाे ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ । एक जना वेपत्ता छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको छ ।
 
चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।













0 प्रतिकृया