Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीताको निधन

एक्सन खबर
असार, २७, २०८०


प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीताको निधन

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिएका छन् ।

उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो ।

अहिले प्रधानमन्त्री दाहाललगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यानमा थिइन् । उनलाई हृदयघात भएको थियो ।













0 प्रतिकृया