Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सन खबर
असार, २८, २०८०


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ, २८  असार । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आजकाे अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा  रहेको छ ।  

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसामा तथा  युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा काराेबार भएकाे थियाे ।   

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ३२ पैसा र बिक्रीदर  ९९ रुपैयाँ  ७८ पैसा कायम गरिएकाे छ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर  १० रूपैयाँ २३ पैसामा काराेबार गर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा काराेबार हुनेछ ।













0 प्रतिकृया