नेपाल मेडिकल कलेजद्वारा बरिष्ठ डाक्टर, नर्स र कर्मचारी माग
एक्सन खबर
काठमाडौं, २९ असार । नेपाल मेडिकल कलेजले चिकित्सक, नर्स तथा कर्मचारी माग गरेको छ । अत्तरखेल जोरपाटी स्थित कलेजले एक सूचना प्रकाशित गरी बरिष्ठ चिकित्सक, नर्स तथा कर्मचारी माग गरेको हो ।
सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । कलेजले इन्टरनल मेडिसिन, कार्डियोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, न्यूरोलोजी र क्रिटिकल केयरमा चिकित्सक काम गरेको छ । त्यस्तै, बायोकेमेस्ट्री, एनाटोमी, पोस्टोडोन्टिस्ट, अर्थोडोन्टिस्ट, ओरल प्याथोलोजी, रेडियोलोजी, कम्युनिटी डेण्टिस्ट समेत माग गरेको छ ।
कलेजको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन दक्ष चिकित्सक, नर्स तथा कर्मचारीहरु माग गरिएको कलेजका डाइरेक्टर जहाँगिर अन्सारीले बताएका छन् । पछिल्लाे समय कलेजले नयाँ र विशिस्टिकृत सेवाहरू सञ्चालनकाे तयारी गरिरहेकाे छ ।
कलेजले वेस्ट मेनेजमेन्ट अफिसर, डाइटिसिएन, स्टोर इन्चार्ज र स्टाफ नर्स समेत माग गरेको छ । इच्छुक उम्मेदवारले रितपूर्वक दरखास्त दिन सक्नेछन् । आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।
0 प्रतिकृया