Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


इक्यानकाे अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

एक्सन खबर
असार, ३०, २०८०


इक्यानकाे अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

काठमाडौं, ३० असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी मध्ये निकटतम प्रतिष्पर्धी पूर्वअध्यक्ष विष्णुहरि पाण्डेलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।

आज सम्पन्न इक्यानको निर्वाचनमा विजयी भट्टराईले निकटतम प्रत्यासी पाण्डेलाई ९२ मतले पराजित गरे । भट्टराईले ३२८ मत पाउँदा पाण्डेले १४६ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेद्वार कृष्णहरि केसीले २१ तथा देबिदास भट्टराईले ११ मत पाए ।

उपाध्यक्षका १० प्रत्यासीमा लक्ष्मण पौडेल (एन्ड्रयु ), भुवनबहादुर क्षेत्री तथा  गीता शिवाकाेटी विजयी भए । पाैडेलले २२८, क्षेत्रीले १७२ र शिवाकोटीले १५३ मत प्राप्त गरे । उपाध्यक्षमा पाण्डे समुहका दुई जना विजयी हुँदा भट्टराई समुहबाट शिवाकाेटी मात्र विजयी भइन् ।

यस्तै, इक्यानकाे महासचिवमा भट्टराई समुहबाट दीपकराज भुसाल विजयी भएका छन् । उनी दाेश्राे पटक इक्यानकाे महासचिव भएका हुन् । उनले २५५ मत प्राप्त गर्दा पाण्डे समूहका वासुदेव दाहालले १५५ मत प्राप्त गरेका छन् ।

सचिवको दुबै पदमा भट्टराई समूहका भवनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई  विजयी भए । हुँमागाईले २६० र भट्टराईले १६८ मत पाए । पाण्डे समुहका शिवप्रसाद त्रिपाठीले १५४ मत पाउँदा अर्का उम्मेद्वार फिलिपकुमार डाँगी क्षेत्रीले १४२ मत पाए । सचिवकै प्रत्यासी एल.बी. तामाङले ३८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भट्टराई समूहका आशिक कार्की विजयी भए । उनले २०८ मत प्राप्त गर्दा पाण्डे समूहका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित विजयी हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरे ।

यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित विजयी भएका छन् ।

सदस्यमा विजयी भएका नौ मध्ये पाण्डे समूहबाट सिलवालसहित आशिष रायमाझी, मञ्जित ढकाल, एसपी भट्टराई, साधना पुडासैनी र श्रीराम गिरी विजयी भएका छन् । निर्वाचनमा विष्णुहरि पाण्डे र शेषराज भट्टराईले प्यानल बनाएर प्रतिष्पर्धा गर्दा २ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।













0 प्रतिकृया