प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
एक्सन खबर
काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १:०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।
उनले सो प्रस्ताव माथिको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखि पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यसैगरी, शिक्षा बिज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वबिद्यालय बिधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
0 प्रतिकृया