Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


जयनगर–जनकपुरको रेल्वे आजबाट थप १७ किमी विस्तार

एक्सन खबर
असार, ३१, २०८०


जयनगर–जनकपुरको रेल्वे आजबाट थप १७ किमी विस्तार

जनकपुर, ३१ असार । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफ्नो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन् । आइतबार बिहान साँढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला आज आई पुग्दैछन् ।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको थियो भने आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।
 













0 प्रतिकृया