Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


विश्वविद्यालय दलीय हस्तक्षेपबाट मुक्त बनाइनु पर्छ : गगन थापा

एक्सन खबर
असार, ३१, २०८०


विश्वविद्यालय दलीय हस्तक्षेपबाट मुक्त बनाइनु पर्छ : गगन थापा

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभामा सांसद गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउनु पर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्दै थापाले नेपालको पठन संस्कृति बदल्नुपर्ने र विश्वविद्यालयहरूलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउनु पर्ने बताएका हुन् ।

सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने उनको धारणा थियो । अहिले पनि विश्वविद्यालयको ऐन नल्याइ अर्थ मन्त्रालयतिर घुमिरहनु दुखद् भएको उनले बताए । सरकारले यसको महत्त्वलाई बुझ्न नसकेको उनको भनाइ थियो ।

'सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठनपाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यी सबैको बारेमा हेर्ने एउटा मौका हो,' उनले भने, 'विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नका निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलगायतलाई दलीय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भीरतापूर्वक ती कुराहरुलाई अक्षरशः पालना गर्छौं,' उनले भने ।

नयाँ कानुन निर्माण गर्दा यसअघिका कमजोरी सच्याउने गरी ल्याउनुपर्ने उनले धारणा राखेका थिए ।













0 प्रतिकृया