Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

एक्सन खबर
असार, ३१, २०८०


संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा विषय प्रस्तुत भएको आरोप लगाएकी छन् । उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति दिने दफाहरू पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताइन् ।

‘सरकारले देवानी प्रकृतिका, फौजदारी प्रकृतिका, प्रशासनिक प्रकृतिका लगायत नितान्त फरक–फरक प्रकारका कानुनहरु पनि एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बचपना छ भन्नेकुरा देखाएको भान हुन्छ । डरलाग्दा नेपालको सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरु पनि प्रस्तुत गरेका छन्,’ उनले भनिन् ।

सरकारले डरलाग्दा कानुन पास गराउनु श‌ंकाको विषय भएको बताइन् । नियतवश नै यस्ता प्रकारका कानुनहरु एउटै विधेयकमा हालेर लिएर आएको हो कि भन्नेपनि आशंका उब्जिएको उनको भनाइ छ ।















0 प्रतिकृया