Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


केन्द्रीय समितिका लागि अजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

एक्सन खबर
साउन, १, २०८०


केन्द्रीय समितिका लागि अजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १ साउन । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ बजे बस्नेछ ।

देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैछ ।

आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।













0 प्रतिकृया