Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


इमर्जिङ टिम्स एसिया कप : भारतसँग नेपाल पराजित

एक्सन खबर
साउन, १, २०८०




इमर्जिङ टिम्स एसिया कप : भारतसँग नेपाल पराजित

काठमाडौं, १ साउन । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो ।

भारतको जितमा ओपनर अभिषेक शर्मा ८७ रन बनाए । अर्का ओपनर साई सुदर्शनले अविजित ५८ रन बनाए। धुव्र जुरेल २१ रनमा अविजित रहे । नेपालका लागि कप्तान रोहित शर्माले मात्र एक विकेट लिए । उनले ओपनर अभिषेक शर्मालाई कुशल मल्लको हातबाट क्याच आउट गराए । लिस्ट ए क्रिकेटमा रोहितको यो पहिलो विकेट हो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए । अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे । ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए ।

अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए । त्यस्तै भिम सार्कि (४), कुशल मल्ल (०), सोमपाल कामी (१४), पवन सर्राफ (६) र ललित नारायण राजवंशी (३) रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे ।

गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौंका र २ छक्का प्रहार गरे । भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हांगरगेकरले ३ विकेट लिए । हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए ।

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो । २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।













0 प्रतिकृया