Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


चार वर्षमा दुधौरा पुल निर्माणको काम ५० प्रतिशतमात्र

एक्सन खबर
साउन, २, २०८०


चार वर्षमा दुधौरा पुल निर्माणको काम ५० प्रतिशतमात्र

इन्दीप कोइराला
बारा, २ साउन। पूर्वपश्चिम राजमार्गस्थित निजगढ–पथलैया सडकखण्डको दुधौरा पुल निर्माण सुुरू भएको चार वर्ष बितिसक्दा अहिलेसम्म  ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समयसीमाभित्र निर्माण नहुँदा राजमार्ग भएर गुड्ने सवारीसाधन र यात्रुहरूले जोखिम मोल्दै आइरहेका छन् । पुलको पिलर भासिएपछि सडक कार्यालयले ठेक्कामार्फत् नयाँ पुल निर्माण थालेको हो ।

महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्तपुलनिर्माण सम्पन्न गर्नको लागि १७ करोड २२ लाखमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ ।

साविक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकोले पुरानो पुललाई पूर्णरूपमा भत्काएर नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको महाशाखाले जनाएको छ । सो पुल निर्माण गर्ने ठेकेदार कम्पनीको आग्रहपछि २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी म्याद थप गरेपछि अहिले कामले केही गतिलिएको छ ।

तर, अहिलेसम्ममा ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सवारी साधन आवतजावतको लागि दुधौरा खोलामा बेलिब्रिज सञ्चालनमा छ । तर बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारका माल वाहक सवारी साधन ओहोरदोहोर गर्ने गरेकाले सो ब्रिज कमजोर बन्दै गइरहेको सवारी चालकहरूले बताएका छन् ।

ठेकेदार कम्पनींका इन्जिनीयर अजयकुमार झाले अहिलेकै गतिमा काम हुनसके आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताए । दुधौरा खोलाबाट नदीजन्य पदार्थको जथाभावी उत्खनन, दोहनले पुलको पिलर भासिएर नयाँ निर्माण गर्नुपर्ने भएको हो । 














0 प्रतिकृया