Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


इमर्जिङ टिम्स एसिया कपमा युएई र नेपाल अन्तिम खेल खेल्दै

एक्सन खबर
साउन, ३, २०८०




इमर्जिङ टिम्स एसिया कपमा युएई र नेपाल अन्तिम खेल खेल्दै

काठमाडौं, ३ साउन । आज नेपाल र संयुक्त अरब इमिरेटस बिच क्रिकेटमा प्रतिस्पर्धा हुदैँछ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेवाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिष्ठाका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन् ।

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।













0 प्रतिकृया