Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


२५ वर्षसम्म एनएमसीमा सेवारत मेट्रोनको विदाई

एक्सन खबर
साउन, ३, २०८०


२५ वर्षसम्म एनएमसीमा सेवारत मेट्रोनको विदाई

काठमाडौं, ३ साउन । २५ वर्षदेखि अनवरत नर्सिङ सेवामा समर्पित नेपाल मेडिकल कलेजकी मेट्रोन उर्मिला श्रेष्ठलाई विदाई गरिएको छ । कलेजले आज एक कार्यक्रमका विच मेट्रोन श्रेष्ठलाई सुखमय अवकाश जीवनको शुभकामना सहित विदाई गरेको हो ।

नेपाल मेडिकल कलेजको नर्सिङ सेवा र नर्सिङ शिक्षामा उन्नयनमा याेगदान पुर्याएकी मेट्रोन श्रेष्ठलाई कलेजका डाक्टर, नर्स, कर्मचारी तथा प्रशासनिक व्यक्तिहरुले सम्मान सहित अवकाश जीवनको शुभकामना दिए । कलेजका अस्पताल निर्देशक डा. राजेश किशोर श्रेष्ठले नर्सिङ सेवालाई मर्यादित, अनुशासित बनाउन श्रेष्ठले गरेको मेहनतको प्रशंसा गरे ।

कलेजका अस्पताल इन्चार्ज दिलिप साहले अस्पतालको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नर्सिङ स्टाफहरुको मेहनत रहने बताउँदै मेट्रोन श्रेष्ठले २५ वर्षसम्म कलेजमा पुर्याउनु भएको योगदान विर्सन नसकिने बताए ।  मेट्राेन श्रेष्ठकाे अवकाशसँगै कलेजले नविना सिंहलाई मेट्राेनमा नियुक्त गरिएकाे छ ।

कलेजबाट अवकास भएकी मेट्रोन श्रेष्ठको आगामी जीवन सुखमय र सफल होस भन्दै कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, अध्यक्ष डा. भोला रिजाल, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, अस्पताल निर्देशक डा. मोदनाथ मरहठ्ठा लगायतले शुभकामना दिएका छन् ।













0 प्रतिकृया