Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


कांग्रेस केन्द्रीय समिति बैठकमा आज क-कस्ले धारणा राखे ?

एक्सन खबर
साउन, ३, २०८०


कांग्रेस केन्द्रीय समिति बैठकमा आज क-कस्ले धारणा राखे ?

काठमाडौं, ३ असार । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । बैठकमा नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीले आफ्नो धारणा राखेका हुन् ।

यस्तै  गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोलाले पनि बाेलेका छन् ।

यसैगरी, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखेका थिए ।  

यस्तै आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बाँनिया (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका हुन् । धारणा राख्ने क्रम जारी रहेको र बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमै बैठक पुनः बस्ने बताइएको छ ।













0 प्रतिकृया