बरामद गरिएको सुन राष्ट्र बैंककाे ढुकुटीमा
एक्सन खबर
काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ ।
बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको हो । राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो ।
रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा चिनियाँ नागरिक सहित १० जना पक्राउ परिसकेका छन् ।
0 प्रतिकृया