सुन प्रकरणको अनुसन्धान स्वतन्त्र रूपमा निष्कर्षमा पुग्छ: गृहमन्त्री
एक्सन खबर
काठमाडौं, ४ साउन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन् ।
अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । 'अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ । हाम्रो स्टयाण्डबाइ निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाइ निर्देशन छ । जुनसुकै निकायले गर्नुपर्ने भएपनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून,’ उनले भने ।
यस्तै उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेको बताए ।
0 प्रतिकृया