Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


सुन प्रकरणमा अर्थ र गृहमन्त्रीले राजीनामा दिनुपर्छः सांसद सुनिल कुमार शर्मा

एक्सन खबर
साउन, ५, २०८०


सुन प्रकरणमा अर्थ र गृहमन्त्रीले राजीनामा दिनुपर्छः सांसद सुनिल कुमार शर्मा

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा मागेका छन् । मिनी संसदमा रुपमा चिनिने संसदीय समितिकाे बैठकमा बाेल्दै डा. शर्माले एक क्विन्टल सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा माग गरेका हुन् ।

‘प्रधानमन्त्रीकाे धर्मपत्नीकाे काजक्रियामा हुनुहुन्छ, अर्थ मन्त्रालय मातहतकाे भन्सार विभाग त्यहाँ छ, गृह मन्त्रालय अन्तरगत डिआइजीकाे नेतृत्वमा प्रहरीहरू बस्छन् । अर्थमन्त्री र गृहमन्त्री मातहतकाले थाहा नपाइकन क्विन्टलका क्विन्टल आउने, प्रधानमन्त्री मातहतकाे कार्यालयले थाहा पाएर सुन समातेकाे देखिन्छ । याे केसमा प्रधानमन्त्री धन्यवादकाे पात्र हुनुहुन्छ ।’ डा. शर्माले अगाडी भने,‘तर देशमा यत्राे सुन पटकपटक छिरेकाे थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताकाे आधारमा अनुसन्धानकाे प्रकृयालाई सहज बनाइदिन राजीनामा दिनुपर्छ कि पर्दैन ?’

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेस सांसद डा. शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् । उनले याे प्रकरणमा पक्ष र विपक्षकाे कुरा नहुने भन्दै नागरिक र देशकाे विषय भएकाले पार्टी र गठबन्धनकाे कुरा पनि नहुने जिकिर गरे । ‘याे देश लुट्न कुनै पार्टीकाे कुनै नेतालाई छुट छैन ।’ गृह र अर्थमन्त्रीले राजीनामा दिन डा. शर्माले सरकारकाे ध्यानाकर्षण गराए ।

गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको थियाे । प्रकरणमा १० जना पक्राउ परेका छन् ।
 













0 प्रतिकृया