Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


बुढानिलकण्डको नलिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
साउन, ६, २०८०


बुढानिलकण्डको नलिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ६ साउन । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको नलिमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शुक्रबार कलेजले बुढानिलकण्ठ युथ सर्कलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

वडा नं. १३ को नौलिन मा.वि.को प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५२१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ५५ जनाको इसिजी, ८७ जनाको भिडियो एक्सरे तथा ७८ जनाको ल्याब परीक्षण गरिएको थियो । साथै, शिविरमा स्वास्थ्य जाँच गर्न आएका मध्ये २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए ।

शिविरमा जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, छाला रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, नाक कान घाँटी र आँखा रोग सम्बन्धी सेवा दिइएको थियो ।

केएमसीले नियमित रुपमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । आम नागरिकलाई केएमसीका स्वास्थ्य सेवाहरुमा पहुँच पुर्याउन तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान थालेका थिए । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि उनले थालेको अभियानलाई निरन्तरता दिइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जानकारी दिइन् ।















0 प्रतिकृया