Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


पशुपतिमा धरानको विरुवा रोपियो

एक्सन खबर
साउन, ७, २०८०


पशुपतिमा धरानको विरुवा रोपियो

काठमाडौं, ७ साउन । विश्व सम्पदामा सुचिकृत संसारभरिका आध्यात्मिक बहु–आस्थाको केन्द्र पशुपतिनाथ मन्दीर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीले रुद्राक्षारण्य धरानबाट ल्याइएका विरुवाहरु रोपेका छन् ।

पशुपति विकास कोषले काठमाडौंका धरानेहरुका लागि उपलब्ध गराएको जमीनमा आज मन्त्री किराँतीका साथै कोषका सदस्य सचिव डा. मिलन थापा, वरिष्ठ गायक दीप श्रेष्ठ, कोशी प्रदेशका पूर्व उपसभामुख सरस्वती पोखरेल, धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्रविक्रम बेघा, धरान धनकुटा सडकका इन्जिनियर योगेन्द्र राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्षहरु आनन्द श्रेष्ठ र केशव घिमिरे, धरान सरोकार समाजका महासचिव सरोज खनाल आदिले बृक्षरोपण गरेका थिए ।

कार्यक्रममा मन्त्री किराँतीले धराने श्रम संस्कृतिको प्रशंसा गर्दै उक्तः बगैंचा धरानेहरुले अरुका लागि पनि अनुकरणीय हुने गरी निर्माण गर्ने विश्वास व्यक्त गरे । बघैँचाका परिकल्पनाकार आनन्द श्रेष्ठले सो उद्यानको नाम धरान रुद्राक्षारण्य उद्यान रहने बताउँदै त्यहाँ विविध जैविकता झल्कने विरुवाहरु लगाइने जानकारी दिए । उद्यानमा टोपियारी शैलीमा धरानका विभिन्न मन्दीरहरुको आकृति निर्माण गरिने पनि बताए ।

बगैंचाका पहलकर्ता तथा अर्का परिकल्पनाकार राजेन्द्र रिमालका अनुसार त्यहाँ पशुपति र धरानको बलियो सम्बन्ध स्थापना गर्न पिण्डेश्वरको रुद्राक्ष, बुढासुब्बाको बाँस, पञ्चकन्याको साल र दन्तकालीको बेल, सुपारी आदि विरुवा ल्याएर रोपिएको छ । ‘यसै प्रयोजनका लागि हिजो धरान १४ विजयपुरका वडाध्यक्ष कृष्ण भट्टराईले विरुवा हस्तान्तरण गरेका थिए । अब क्रमशः डिजाईन अनुसारको बगैंचा निर्माण हुँदै जानेछ ।’ उनले भने ।

सो बगैंचाको डिजाईन धरानकै इन्जिनियर सुमन श्रेष्ठले गरिरहेका छन् । कार्यक्रममा उपमेयर बेघाले धरान उपमहानगरपालिकाले गर्न सक्ने अधिकतम सहयोग गर्ने बताए । करीब १ विगाहा भन्दा धेरै क्षेत्रफल रहेको सो स्थानमा बगैंचा बनेपछि धरानको पर्यटनको पनि प्रवद्र्धन हुने विश्वास गर्न सकिन्छ ।

धरान सरोकार समाजका नारायण कार्कीले काठमाडौंमा रहेका सम्पूर्ण धरानेहरु एकजुट भएर सुन्दर बगैंचा निर्माण गरिने बताए । आजै मन्त्री किराँतीले पशुपति क्षेत्रको कैलाश डाँडामा पनि बृक्षरोपण गरेका थिए ।
















0 प्रतिकृया