Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


दण्डहीनतालाई प्रश्रय हुने विधेयक खारेज गर्न शेखर कोइरालाको माग

एक्सन खबर
साउन, ७, २०८०


दण्डहीनतालाई प्रश्रय हुने विधेयक खारेज गर्न शेखर कोइरालाको माग

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय हुनेगरी ल्याएको उक्त विधेयक खारेज लिन माग गरेका हुन् ।

कांग्रेस उपाध्यक्ष तथा कानुनमन्त्री धनराज गुरुङले ल्याएको उक्त विधेयक तत्काल खारेज लिन कोइरालाले माग गरेका हुन् । राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको उनको भनाइ छ ।

कांग्रेस मासबेस पार्टी भएपनि पछिल्लाे समय क्याडर बेस जस्ताे भइरहेकाे जिकीर गरे । ‘नेपाली कांग्रेस मासबेस पार्टी हाेकि क्याडर बेस हाे ? छलफल गर्ने बेला आएकाे छ ।’ डा. शेखरले बैठकमा भने ।

उनले २०८४ सालकाे निर्वाचनमा कांग्रेस एक्लै चुनाब लड्नुपर्ने सुझाब दिए । ‘२०८४ सालकाे निर्वाचनमा हामीहरू एक्लै चुनाब लड्छाैं भनेर प्रण गराैं ।’ प्रदेशलाइ समावेश गरेर जिल्लाहरूमा जानुपर्ने डा. शेखरकाे सुझाब छ ।

महंगी, कालाेबजारी र जनजिवीकाका सवालमा कांग्रेस सरकारमा रहेपछि त्यसकाे अनुभूति नभएकाे बताए ।
 













0 प्रतिकृया