सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद रहेकाे भन्दै सांसद सुनिल शर्माद्वारा संसदीय दलको बैठक बोलाउन माग
एक्सन खबर
काठमाडौं । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीकाे राजीनामा माग गरेका नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
सांसद शर्माले सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीकाे भूमीका शंकास्पद भएकाे भन्दै साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।
‘अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीहरूकाे प्रत्यक्ष संलग्नता भएकाे हुँदा यस विषयमा हाम्राे संसदीय दलमा गम्भीरतापूर्वक छलफल वान्छनीय देखिएकाे र वर्तमान अवस्थामा सुशासन एकदमै कमजानेर भइरहेकाे, भ्रष्टचार नियन्त्रण गर्ने दायित्व हामी जनप्रतिनिधिहरूकाे हाे भन्ने कुरालाइ ह्दयंगम गर्दै पार्टी भित्रका सम्पूर्ण सांसद ज्यूहरूकाे तर्फबाट यस विषयमा राय सल्लाह लाई उपयुक्त निकास निकाल्न वान्छनीय भएकाे साथै नेपाली कांग्रेस संसदीय दलकाे विधानकाे धारा (२१) (६), अनुसार २० % सांसदहरूकाे हस्ताक्षरकाे आधारमा संसदीय दलकाे बैठक बाेलाउन अनिवार्य प्रावधान भएतापनि पार्टीभित्र गुटवन्दी सिर्जना हुन सक्ने कुरा प्रति सचेत रहँदै आम सांसदज्यूहरूकाे मनाेभावना र चाहनालाई समेट्दै यस विषयमा संसदीय दलकाे बैठक यही श्रावण १० गते अगावै बाेलाई छलफल गराइ पाउँ ।’ डा. शर्माद्वारा कांग्रेस संसदीय दलकाे कार्यालयमा दिइएकाे निवेदनमा भनिएकाे छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने डा. शर्माकाे माग छ ।
यसअघि संसदीय समितिको बैठकमा सांसद डा. शर्माले राजनीति नेतृत्वको संरक्षणबिना सुन तस्करी नहुने भन्दै अर्थमन्त्री प्रकाश शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।
0 प्रतिकृया