चन्द्रागिरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ४५२ जना लाभान्वित
एक्सन खबर
काठमाडौं, ८, साउन । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी) ले चन्द्रागिरी नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४५२ जना बिरामी लाभान्वित भएका छन् । आइतबार केएमसीले चन्द्रागिरी नगरपालिका वडा नं. १० मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आम सर्वसाधारणको दक्ष तथा अनुभवी चिकित्सकहरुबाट स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा २९ जनाको इसिजी, ८७ जनाको भिडियो एक्सरे, ९७ जनाको ल्याब परीक्षण गरिएको थियो ।
साथै, शिविरमा आएका मध्ये २० जनाको दाँत खोलिएको छ । यसका अलावा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफरसमेत गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।
गाउँगाउँमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर लैजाँदा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका, कमजोर आर्थिक अवस्था भएका नागरिकहरु बढी लाभान्वित भइरहेको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरले हज्जारौं नागरिक लाभान्वित भइरहेकाले डा. शर्माको अभियानलाई निरन्तरता दिईदै आएको अस्पतालले जनाएको छ ।
0 प्रतिकृया