Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नोबेल अस्पतालद्वारा ग्रामथानका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

एक्सन खबर
साउन, १०, २०८०


नोबेल अस्पतालद्वारा ग्रामथानका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

मोरङ, १० साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ग्रामथान गाउँपालिका–२ स्थित झोराहाटमा स्त्रीरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व निसन्तान दिवसको अवसर पारेर स्थानीय रेमिट बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरी नोबेलको आइभीएफ सेन्टरले एक दिने शिविर आयोजना गरेको हो ।

क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको नोबेलका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । शिविरमा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी, डा.मिलुना भुषालसहितको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो । विवाह भएको लामो समयसम्म पनि सन्तान प्राप्त नभएका दम्पतीहरु शिविरमा धेरै आएका थिए । शिविरमा विरामीहरुको भिडियो एक्सरे पनि गरिएको छ ।

यसैबीच, स्वास्थ्य शिविर अघि निसन्तान रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.डा.सुवेदीले सन्तान नहुदा महिलालाई मात्र दोष दिनु गलत भएको भन्दै बच्चा नहुने समस्या महिला वा पुरुष दुवैका कारणले हुन सक्ने जानकारी दिइन् ।

उनले सन्तान नभइरहेका दम्पतीहरुलाई उपचार वा अन्य विधिबाट पनि सन्तान प्राप्ति गराउँन सकिने हुनाले आइभीएफ सेन्टरमा सम्पर्क गर्न आग्रह गरिन् ।

कार्यक्रममा वडाध्यक्ष यादव खतिवडा, सरस्वती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक असोक लुइटेल, रेमिट सहकारीका अध्यक्ष उमा खतिवडा लगायतले निःशुल्क स्वास्थ्य शिविर र सचेतनामुलक कार्यक्रमले ग्रामिण क्षेत्रका महिलाहरुलाई निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
















0 प्रतिकृया