रेडी ट्रेडर्स प्रा.लि.ले ल्याएकाे थप ६६ कार्टुन ‘ब्रेक शु’ बरामद
एक्सन खबर
काठमाडौं, १० साउन । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टन बरामद गरेको छ । कार्टुनमा ११ सय ६२ थान ब्रेक शु रहेका छन् ।
बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो ।
भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ । ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ ।
सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रा.लि.ले पछिल्लो २ महिना भित्र आयात गरेको सबै ब्रेक शुभित्र सुन लुकाएर ल्याएको आशंका विभागले गरेको छ ।
0 प्रतिकृया