Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


बैंक लुटेको दुई महिनापछि एक जना भारतीय पक्राउ

एक्सन खबर
साउन, ११, २०८०


बैंक लुटेको दुई महिनापछि एक जना भारतीय पक्राउ

विशाल बस्नेत

महोत्तरी, ११ साउन । महोत्तरीस्थित एनमवी बैंकको शाखामा दिनदहाडै लुटपाट गर्ने एक जनालाई प्रहरीले झण्डै दुई महिनापछि पक्राउ गरेको छ । १६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ रकम लुटपाट गरेर फरार भएका मध्यका एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षिय अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झण्डै ४,५ जनाको समुहमा आएका नकावधारी समुहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैया सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

त्यसयता विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछी निक्कै आलोचना समेत खेप्नुपर्‍यो । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।













0 प्रतिकृया