Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै, विमानस्थलमा पत्रकार सम्मेलन

एक्सन खबर
साउन, १२, २०८०


प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै, विमानस्थलमा पत्रकार सम्मेलन

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज विहान १०:०५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आई पुग्नेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए ।

साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियाे । साथै, बिमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्ने भएका छन् ।













0 प्रतिकृया