Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


प्रतिनिधिसभा असभ्य र संस्कृतिहीन बन्यो: वामदेव गौतम

एक्सन खबर
साउन, १२, २०८०


प्रतिनिधिसभा असभ्य र संस्कृतिहीन बन्यो: वामदेव गौतम

काठमाडौं, १२ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्य बन्न थालेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले असभ्य र संस्कृतिहीन रूपमा प्रतिनिधिसभा सञ्चालन हुन थालेको आरोप लगाएका हुन् ।

संसदको नियमावलीलाई बेवास्ता गर्दै सांसदहरु जथाभावी रूपमा उठेर बोल्ने गरेको बताउँदै गौतमले मौजुदा प्रतिनिधिसभामाा संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए ।

नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले झनै असभ्य र संस्कृतिहीन रुपमा चल्न थालेको उनको भनाइ छ ।













0 प्रतिकृया