‘सफलता मात्र हैन प्रसिद्धि कमाउनुस’ बसरुद्धिन अन्सारी
एक्सन खबर
काठमाडौं, १२ साउन । सफलता हासिल गर्नु भन्दा पनि प्रसिद्ध बन्न विद्यार्थीहरुले मेहनत गर्नुपर्ने नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताएका छन् । कलेजको स्वास्थ्य तर्फ हाम्रो प्रयास (ओएटिएच) कार्यक्रममा सहभागी हुँदै अन्सारीले मेहनत गर्दा सफलता हात पर्ने तर प्रसिद्धी कमाउन कठोर तपस्या गर्नुपर्ने बताए ।
मानव जीवनको अन्तिम सत्य मृत्यु भएकाले जीवन रहुञ्जेल सफलता र प्रसिद्धि कमाउन लगनशील हुनुपर्ने विद्यार्थीहरुलाई सुझाउँदै मानव कल्याण र मानवताका क्षेत्रमा संस्थाले गरेको कामको प्रशंसा गरे । ‘मेहनत गर्नुहोस सफलता र प्रसिद्धिले तपाईहरुको कदम चुम्नेछन्, सफलता मात्र हैन प्रसिद्धि कमाउनुस ।’ विद्यार्थीहरुको सफलता नै कलेजको सफलता भएको बताउँदै आफ्ना विद्यार्थीहरुले हासिल गर्ने सफलतामा गर्व गर्ने अन्सारीले जिकीर गरे ।
विद्यार्थीहरुलाई आमाको काखमा राखेर हुर्काएको र बाबुले आफुभन्दा ठूलो स्थानमा पुग्न सकोस भनेर काँधमा राखेर डुलाएको नविर्सन सुझाउँदै विद्यार्थीको सिकाई र अध्धयनमा कलेजले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कलेजका डाइरेक्टर जहाँगिर अन्सारीले कलेजको शैक्षिक स्तर सुधार्न तथा विद्यार्थीहरुको ज्ञान, सीप र प्रतिभालाई प्रस्फुटन गराउन ब्यवस्थापन पक्ष सदैव सकारात्मक रहने उल्लेख गरे । साथै, विद्यार्थीले हासिल गरेको सफलताले नै कलेजको गुणस्तरीयता झल्कने भएकाले पढाई र सिकाईमा कुनै सम्झौता नगर्ने जिकीर गरे ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. श्रृष्टि श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल इन्चार्ज दिलिप साह लगायत विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कलेजका स्वास्थ्य तर्फ हाम्रो प्रयासमा आबद्ध विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
0 प्रतिकृया