Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


‘सफलता मात्र हैन प्रसिद्धि कमाउनुस’ बसरुद्धिन अन्सारी

एक्सन खबर
साउन, १२, २०८०


‘सफलता मात्र हैन प्रसिद्धि कमाउनुस’ बसरुद्धिन अन्सारी

काठमाडौं, १२ साउन । सफलता हासिल गर्नु भन्दा पनि प्रसिद्ध बन्न विद्यार्थीहरुले मेहनत गर्नुपर्ने नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताएका छन् । कलेजको स्वास्थ्य तर्फ हाम्रो प्रयास (ओएटिएच) कार्यक्रममा सहभागी हुँदै अन्सारीले मेहनत गर्दा सफलता हात पर्ने तर प्रसिद्धी कमाउन कठोर तपस्या गर्नुपर्ने बताए ।

मानव जीवनको अन्तिम सत्य मृत्यु भएकाले जीवन रहुञ्जेल सफलता र प्रसिद्धि कमाउन लगनशील हुनुपर्ने विद्यार्थीहरुलाई सुझाउँदै मानव कल्याण र मानवताका क्षेत्रमा संस्थाले गरेको कामको प्रशंसा गरे । ‘मेहनत गर्नुहोस सफलता र प्रसिद्धिले तपाईहरुको कदम चुम्नेछन्, सफलता मात्र हैन प्रसिद्धि कमाउनुस ।’ विद्यार्थीहरुको सफलता नै कलेजको सफलता भएको बताउँदै आफ्ना विद्यार्थीहरुले हासिल गर्ने सफलतामा गर्व गर्ने अन्सारीले जिकीर गरे ।

विद्यार्थीहरुलाई आमाको काखमा राखेर हुर्काएको र बाबुले आफुभन्दा ठूलो स्थानमा पुग्न सकोस भनेर काँधमा राखेर डुलाएको नविर्सन सुझाउँदै विद्यार्थीको सिकाई र अध्धयनमा कलेजले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कलेजका डाइरेक्टर जहाँगिर अन्सारीले कलेजको शैक्षिक स्तर सुधार्न तथा विद्यार्थीहरुको ज्ञान, सीप र प्रतिभालाई प्रस्फुटन गराउन ब्यवस्थापन पक्ष सदैव सकारात्मक रहने उल्लेख गरे । साथै, विद्यार्थीले हासिल गरेको सफलताले नै कलेजको गुणस्तरीयता झल्कने भएकाले पढाई र सिकाईमा कुनै सम्झौता नगर्ने जिकीर गरे ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. श्रृष्टि श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल इन्चार्ज दिलिप साह लगायत विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कलेजका स्वास्थ्य तर्फ हाम्रो प्रयासमा आबद्ध विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।














0 प्रतिकृया