हाेक्काइदाे मार्फत नेपालमा जापानी स्वाद पस्कँदै ‘अर्जुन’
काठमाडौं, १४ साउन । १७ वर्षसम्म जापानमा रही व्यवसायिक जिवन बिताएर नेपालमै केहि गर्छु भन्ने भावले नेपाल फर्किएका अर्जुन अधिकारी जसले सन् २०१७ देखि नेपालमा जापानिज खाना पस्कने हेतुले काठमाडाैं बुढानिलकण्ठमा रहेको पार्क भिलेज होटेलको हातामा होक्काइडो रामेन हाउस नामक रेस्टुरेन्ट सुरु गरेकोमा आजका दिनसम्म सात वटा जापनीज रेष्टुरेन्टका मालिक बन्न सफल भइसकेका छन् ।
नेपाल र जापान बिचको सम्बन्धमा पुलको काम गर्ने चाहना अनुसार अधिकारीले जापानीज खानामार्फत नेपालमा जापानिज संस्कृति र प्रचलनको प्रबर्धन गर्ने जमर्को गरेका हुन् । अधिकारीले भखैरै लाजिम्पाट स्थित रेडिसन होटेलको हातामा इजाकाया होक्काइडो नामक रेस्टुरेन्ट समेत थालनी गरेका छन् ।
जापानी भाषामा ‘इजाकाया’को अर्थ हो–बस्ने, पिउने र आराम गर्ने ठाउँ । रेष्टुरेन्टमा प्रमाणिक जापानी खाना राति एक बजेसम्म उपलब्ध हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए । काठमाडौंको मध्यभागको रेष्टुरेन्टले जापानी खानाका पारखीलाई उत्साहित बनाउनेमा विश्वस्त अधिकारीले भने–‘नेपालीले अन्य खानाका लागि गर्ने खर्चकै हाराहारीमा जापानी खानाको स्वाद लिन सकिनेछ ।’
नेपाल र जापानको आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै व्यवसायिक क्रियाकलाप बढ्दै जाओस भन्ने उद्देश्यले नेपालमा जापानको साइसान कम्पनीको लगानी रहेको ग्यास वान नेपालको संलग्नतामा बुढानिलकण्ठस्थित डेक्काइदो फार्म हाउसमा अखण्ड दीप प्रज्वलन संरचना समेत तयार पारिएको छ ।
होक्काइडो नेपाल बिजिनेस र ग्यास वान नेपालको संयुक्त प्रयासमा उक्त संरचनामा गत साउन ११ गते अखण्ड शान्ति दीप प्रज्वलन गरिएको थियो । उक्त कार्यक्रममा नेपालस्थित जापानीज दुतावासका काउन्सिलर ताकाहिरो तमुरा, जापनिज च्याम्बर अफ कमर्सका अध्यक्ष तात्सू मात्सुमोतो र अन्य नीजि क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्याल, एनआरएनए पूर्वअध्यक्ष भवन भट्ट, ग्यास वान नेपालका प्रबन्ध सञ्चालक हिडेफिमि जिन्नाई, समाजबादी पार्टी नेपालका सासद कृष्ण श्रेष्ठ लगायत केज एच ग्रुपका अध्यक्ष सुनिल शाक्य पनि उपस्थित थिए ।
कार्यक्रममा जापान नेपालको सम्बन्धका विषयमा आआफ्ना कुराहरु राख्नुको साथै नेपाल जापान बिचको सम्बन्ध अझै प्रगाढ बढोस भन्ने शुभकामना दिएका थिए ।
यस कम्पनीमार्फत् स्थापित रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवा मात्र गर्दैन, आफूसँग आवद्ध १३० भन्दा बढि दक्ष कर्मचारीलाई पुर्ण व्यवसायिक बनाएर विभिन्न परियोजनामा लगानी गर्न पनि प्रोत्साहन गर्ने बताइएको छ । भविष्यमा नेपाल जापानबीचको सम्बन्धलाई स्वादमार्फत् जोड्दै जाने उद्यमी उत्पादन र सेवा विस्तार पनि लक्ष्य हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए ।
जापानी खानाको मौलिक स्वाद कायम राख्न एचएनबीजीले जापानबाट आएका सेफको प्रत्यक्ष निगरानी र निर्देशनमा ‘सेन्टर किचेन’ सञ्चालन गरेको छ । ‘सेन्टर किचनबाटै सबै आउटलेटमा खाना आपूर्ति हुन्छ, स्वादको मानक र एकरुपता कायम गर्न यसो गरेका हौं’ अधिकारीले भने ।
होक्कईदो नेपाल बिजनेस कम्पनीले जापनिज सौन्दर्यका सामग्री र कस्मेटिक सामग्री जापानकै मुल्यमा स्वदेशमा ल्याई बिक्रि गर्ने योजना बनाएको छ भने, जापनिज ग्रोसरी र साके केही समयमै बजारमा ल्याउने भएको छ ।
0 प्रतिकृया