नेपाल इन्जिनियरिङ कलेजमा ‘नेक इन्जिनियम’ हुँदै
एक्सन खबर
काठमाडौं, १५ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले ‘नेक इन्जिनियम’ आयोजना गर्ने भएको छ । ‘ट्रान्फर्मिङ इनोभेटिभ आइडियाज इन टु रियालिटी’ भन्ने नाराका साथ आगामी असोज १८ गते हुन गइरहेको नेक इन्जिनियममा इन्जिनियरिङ विधाका विभिन्न विषयमा प्रदर्शनी सँगै प्रतिष्पर्धा समेत हुने कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए ।
इन्जिनियममा कलेजका विद्यार्थीहरु विच कार्यक्रम अनुसार तथा व्याच अनुसार प्रोजेक्स कम्पिटिसन, ओपन प्रोजेक्ट कम्पिटिसन, पोस्टर डिस्प्ले कम्पिटिसन, रोवटिक कम्पिटिसन, यूआई/युएक्स डिजाइन कम्पििटिसन, पेपर ब्रिज डिजाइन कम्पिटिसन, फास्टेट कोडिङ कम्पिटिसन राखिएको छ भने, प्लस टूमा विज्ञान विषय लिएर अध्ययनरत विद्यार्थीहरुविच ओपन साइन्स प्रोजेक्ट कम्पिटिसन समेत राखिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । यसैगरी, डिप्लोमा इन इन्जिनियरिङ तर्फ पनि ओपन प्रोजेक्ट कम्पिटिसन राखिएको छ ।
नेक इन्जिनियममा भाग लिन चाहने विद्यार्थीहरुले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन गरेका विषयहरुमा के कस्तो दक्षता हासिल गरे भन्ने विषय जाँच्नपनि नेक इन्जिनियमले सहयोग पुग्ने कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ । त्यसो त कलेजका स्नातक तहको अन्तिम वर्षमा अध्ययनतरत विद्यार्थीहरुले अनिवार्य प्रोजेक्ट गर्नुपर्ने हुन्छ । ‘विद्यार्थीहरुले अध्ययन गर्दा के कस्तो ज्ञान हासिल गरेभन्ने मापन गर्न यो कार्यक्रमले सहयोग पुग्छ, साथै विद्यार्थीहरुको दक्षता र प्रतिभालाई एक्सपोज गर्ने माध्यम पनि हो ।’ श्रेष्ठले भने ।
नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बढी भन्दा बढी एक्सपोज गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए । विद्यार्थीलाई प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन गराउँदै उनीहरुलाई सक्षम बनाउन कलेजले बेलाबेलामा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता रहेको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । भने, निरन्तर शैक्षिक गुणस्तरीयता कायम गरेकैले यस कलेजलाई नेपाल इन्जिनियरिङ परिषद्ले स्थायी स्वीकृति दिएको छ । कलेजमा इन्जिनियरिङ विधाका ६ वटा विषयहरुमा अध्ययनअध्यापन हुने गरेको छ ।
0 प्रतिकृया