भूगर्भ शास्त्रीद्वारा नेकलाई पुस्तक हस्तान्तरण
एक्सन खबर
काठमाडाैं, २० साउन । मुनाफारहित उद्देश्यले चाँगुनारायण नगरपालिका भक्तपुरमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज(नेक)ले नेपालमा उच्च प्राविधिक शिक्षामा पुर्याएको योगदानलाई उच्च कदर गर्दै कलेजलाई निःस्वार्थ सहयोग गर्ने मनसायले त्रिचन्द्र कलेजका सहप्राध्यापकले पुस्तक हस्तान्तरण गरेका छन् ।
डा. प्रकाश दास उलकले ‘जिओलोजि अफ नेपाल हिमालय’ नामक आफैले लेखेको पुस्तक नेकको पुस्तकालयलाई बीस थान उपहार दिएका हुन् । स्नातक र स्नातकोत्तर तहका इन्जिनियरिङ र भूगर्भ शास्त्रका विद्यार्थीहरूकोलागि अति उपयोगी उक्त पुस्तकमा नेपालको भूबनोट तथा तराइदेखि हिमालसम्मको भौगीलिक तथा भूगर्भीय संरचनाको विस्तृत जानकारी उपलव्ध छ ।
नेकमा स्तातक तहमा अध्यापन हुने विषय इन्जिनियरिङ जिओलोजिका विद्यार्थीहरूलाई पनि उक्त पुस्तकले सहयोग गर्ने अपेक्षा गरिएको छ । डा. उलकका छोरा प्रतिक उलक नेकमा सन् २००९ मा भर्ना भई इन्जिनियरिङ विषय अध्ययनरत रहँदा आफ्नै निजी भवनमा दुर्घटनामा परी निधन भएको थियो ।
डा. उलकले आफ्नो छोराको स्मृतिमा प्रकाशित गरेको उक्त पुस्तक त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूमा पनि लोकप्रिय छ । डा. उलक नेपालका स्थापित भूगर्भ शास्त्री हुन् ।
0 प्रतिकृया