Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


केएमसीमा हेमोफिलिया भएकी बालिकाको सफलतापूर्वक दुर्लभ शल्यक्रिया (भिडियाे सहित)

एक्सन खबर
साउन, २२, २०८०


केएमसीमा हेमोफिलिया भएकी बालिकाको सफलतापूर्वक दुर्लभ शल्यक्रिया (भिडियाे सहित)

काठमाडौं, २१ साउन । हेमोफिलियाबाट ग्रस्त एक बालिकाको काठमाडौं मेडिकल कलेजले दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेको छ । एपेन्डिसाइटिस भएर आएकी काठमाडौं शान्तीनगरकी ९ वर्षीय निप्पी भट्टराईको काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
 
साउन १९ गते एपेन्डिसाइसिट भएर नजिकैको अस्पताल पुर्याइएकी बालिकालाई हेमोफिलिया भएको कारण उपचार गर्न नसकी काठमाडौ मेडिकल कलेज रिफर गरिएको थियो । तत्कालै डाक्टर आशिषलाल श्रेष्ठको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गरेकाे  केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उक्त बालिकामा हेमोफिलिया बंशाणुगत रुपमै रहेकाले शल्यक्रिया गर्न जोखिम देखिएपनि एनेस्थेसियाकी डाक्टर शुशिला लामा मोक्तान लगायत सँग सहकार्य गरी ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरिएको डाक्टर आशिषलाल श्रेष्ठले बताए ।



‘अप्रेसन गर्दा रगत नरोकिने भएकाले च्यालेञ्जिङ केस थियो । एनेस्थेसिया विभागका डाक्टरहरुसँग लगातार समन्वय, परामर्श गहन अध्ययन गरेपछि हामीले ल्याप्रोस्कोपी प्रविधिबाट एपेन्डिसाइटिसको अप्रेसन गरेका हौं ।’ डा. श्रेष्ठले केएमसीमा हेमोफिलिया भएकी बालिकाको पहिलोपटक दुर्लभ शल्यक्रिया गरिएको जानकारी दिँदै भने ।

हेमोफिलिया भनेको चोट लागेपछि रक्तश्राव तुरुन्तै नरोकिने समस्या हो । सामान्यतया रगत बगेको २ देखि ५ मिनेटभित्र रोकिन्छ । तर, हेमोफिलिया भएका ब्यक्तिहरुको रगत रोकिन धेरै समय लाग्ने गर्दछ । एपेन्डिसाइटिस भएकी बालिकाको शल्यक्रिया गर्नु अगाडी नै २२ मिनेट सम्मपनि रगत नरोकिने अवस्था देखाएपछि केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले ल्याप्रोस्कोपी प्रविधिबाट कुशलतापूर्वक शल्यक्रिया गरेका थिए ।

समयमै सफल शल्यक्रिया भएर आफ्नो छोरीको ज्यान बचेकोमा आमा मच्चिता अर्याल भट्टराईले उपचारमा संलग्न केएमसीका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिइन् । ‘यसअघि पनि एपेन्सिडसाइटिस भएकोमा हेमोफिलिया भएकाले अप्रेसन गर्न सकेका थिएनौं । यो पटक केएमसीका डाक्टर आशिषलाल श्रेष्ठ लगायतको टीमले कुशलतापूर्वक गर्नुभयो । सम्पूर्ण मेडिकल टीमलाई धन्यवाद दिन चाहन्छु ।’ आफ्नो माइती परिवारमा बंशाणुगत रुपमै हेमोफिलिया भएकाले छोरीसँगै आफुलाई समेत हेमोफिलिया भएको उनले बताइन् ।

काठमाडौं मेडिकल कलेजले पछिल्लो समय चिकित्सा सेवामा नयाँ नयाँ प्रविधिसँगै दक्ष र अनुभवी चिकित्सकहरु भित्र्याउँदा जटिल प्रकारका उपचारहरु सफलतापूर्वक भइरहेको छ । केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने लक्ष्यका साथ चिकित्सा विज्ञानका नविनतम प्रविधिहरु भित्र्याइएको जानकारी दिइन् ।

केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले आम नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि केएमसीलाई अत्याधुनिकीकरण गराएका हुन् ।













0 प्रतिकृया