नेपाल इन्जिनियरिङ कलेज मुलुककै सर्वाेत्कृष्ट कलेज घाेषित
एक्सन खबर
काठमाडाैं, २४ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) मुलुककै सर्वाेत्कृष्ठ शैक्षिक संस्था घाेषित भएकाे छ । २९ वर्षदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेकाे नेक देशभर सञ्चालित इन्जिनियरिङ कलेजहरू मध्ये उत्कृष्ट तीनमा पर्न सफल भएकाे हाे ।
सिभिल इन्जिनियरिङ पावर युट्युव च्यानलले सार्वजनिक गरेकाे तथ्यांक अनुसार काभ्रेको धुलिखेलस्थित काठमाडौं युनिभर्सिटी इन्जिनियरिङ कलेज पहिलो र त्रिभुवन विश्वविद्यालय अन्तरगतकाे पुल्चोक इन्जिनियरिङ क्याम्पस (आइओई) दोश्रो सर्वाेत्कृष्ट कलेजका रूपमा दरिएका छन् ।
नेकले तेश्राे स्थान प्राप्त गर्दा चौथौ सर्वाेत्कृष्ट इन्जिनियरिङ कलेजमा कान्तिपुर इन्जिनियरिङ कलेज धापासी ललितपुर र पाँंचौ एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर कुपण्डोल रहेको छ ।
नेक पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हाे । पाेखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरू मध्ये नेक सर्वाेत्कृष्ट कलेज हाे । शान्त तथा हरियाली वातावरण, शहरकाे काेलाहल र भिडभाडबाट मुक्त यस कलेजकाे शैक्षिक, पूर्वाधार, शिक्षकहरूकाे क्वालिटी, ल्याब, पुस्तकालय तथा अन्य रिसाेर्सहरूकाे अध्ययन, अनुगमन र मुल्यांकन गर्दै नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी अनुमति दिँदै आएकाे छ ।
कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकाेत्तर तथा मास्टर्स तहमा अध्ययन अध्यापन हुने गरेकाे छ ।
0 प्रतिकृया