Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


सांसद सुनिलकुमार शर्मा पक्राउ गरेकाेमा एमालेको आपत्ति (भिडियाे सहित)

एक्सन खबर
साउन, २६, २०८०


सांसद सुनिलकुमार शर्मा पक्राउ गरेकाेमा एमालेको आपत्ति (भिडियाे सहित)

काठमाडौं, २६ साउन । क्विन्टल सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गर्दै संसदमै आमरण अनसन बस्ने घाेषणा गरेका नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्मालाई प्रहरीले पक्राउ गरेकाे प्रति नेकपा एमालेका सांसदले आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति आपत्ति जनाउँदै सुन काण्डमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने आवाज उठाएकालाई पक्राउ गरिएकाेमा विराेध जनाइन् । ‘नेपाली कांग्रेसको माननीय सुनिल शर्माजीलाई जो सुन काण्ड प्रकरणमा भ्रष्टाचारीलाई पटक-पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ?’ उनले प्रश्न गरिन् ।



म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको भन्दै सांसद साहले संसदमा भनिन् ‘यो कानुनले पनि मिल्दैन् । र उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ यसको घोर आपत्ति गर्न चाहन्छु ।’

उनले सुन काण्डमा उच्चस्तरीय छानविन समिति गठन नगरी सरकारले आफु बच्ने दाउ गरेकाे बताउँदै छानविन समिति गठन गरेर गृहमन्त्री र अर्थमन्त्रीलाई समेत छानविनकाे दायरामा ल्याइनु पर्ने माग गरिन् ।

हिजाे शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । उनीसँगै प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरिसकेकाे छ ।













0 प्रतिकृया