Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सांसद सुनिल शर्माको पक्षमा केपी ओलीः ‘दुई दिन बोल्नेवित्तिकै हतकडी ?

एक्सन खबर
साउन, २६, २०८०


सांसद सुनिल शर्माको पक्षमा केपी ओलीः ‘दुई दिन बोल्नेवित्तिकै हतकडी ?

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मालाई सुनकाण्डको विरोधमा बोलेकाले सरकारले पक्राउ गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सांसद शर्माले सुनकाण्डमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकैले प्रतिसोध साँधिएको ओलीले बताए ।

काठमाडौंमा शुक्रबार आयोजित पुरुष परीक्षा नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले सांसद सुनिल शर्माले दुई दिनमै नक्कली सर्टिफिकेट बनाएको हो ? भन्दै सरकार प्रति प्रश्न गरे । ‘सुनिल शर्माले अहिले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? दुई दिन बोल्नेवित्तिकै हतकडी ? सुनिल शर्मा भन्ने मान्छे भागिहाल्छ त ?’

सरकार सुन प्रकरणको विरोध गर्ने सबैको मुख बन्द गर्ने अभियानमा लागेको बताउँदै ओलीले सुन पास गर्नेहरूले नै छानबिन गरेर हुँदैन भनेर आफूहरूले उच्चस्तरीय छानबिनको माग गरिरहेको जिकीर गरे ।

ओलीले सांसद शर्माको नक्कली सर्टिफिकेट भएको भए कांग्रेसले किन लुकाएको भन्दै प्रश्न गरे । ‘सुनिल शर्माको जाली सर्टिफिकेट भएको भए पहिला किन लुकाएको ? किन चुनावमा उम्मेदवार बनाएको ?’ओलीले भने, ‘होइन भने दुई दिन सरकारको विरोध गर्नेवित्तिकै किन समात्या ? यस्तो कपटपूर्ण खेल खेल्नु हुँदैन ।’

डा. शर्मालाई काठमाडाैं जिल्ला अदालतले साधारण तारेखमा छाडेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई आदेश दिएको छ ।













0 प्रतिकृया