नेपाल मेडिकल कलेजद्वारा मोतियाविन्दुको आँखा शिविर
एक्सन खबर
काठमाडौं, २६ साउन । नेपाल मेडिकल कलेजले मोतिविन्दुको निःशुल्क आँखा शिविर गरेको छ । गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा कलेजले आज वडा नं. ८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
उक्त आँखा शिविरमा सो क्षेत्रका २२० जनाको आँखा जाँच गरिएको नेपाल मेडिकल कलेजका अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए । उनका अनुसार शिविरमा ८ जनामा मोतियाविन्दु भएको पाइएको छ । यस्तै, ४० जनाको अपरिवर्तन त्रुटी, ४३ जनाको कन्जिक्टिभभाइटिस तथा २५ जनाको सुख्खा आँखा पाइएको छ ।
शिविरमा कलेजका डाक्टर निशा पोखरेल, दृष्टि विशेषज्ञ जय सुन्दर सुनेरेप्ट, अस्मिता पोखरेल तथा स्प्याञ्जल थापाले आँखा जाँच गरेका थिए । कलेजले सामाजिक उत्तदायित्व अन्तरगत निःशुल्क मोतियाविन्दुको शिविर सञ्चालन गरेको हो ।
२ वर्षअघि नेपाल मेडिकल कलेजमा मेडिकल व्यवसायी बसरुद्धिन अन्सारीको प्रवेश भएको हो । उनले कलेजको व्यवस्थापन संहालेदेखि नै स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगिएको छ । कलेजका डाइरेक्टर जहाँगिर अन्सारीले स्वास्थ्य सेवाको गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको तथा आउँदा दिनहरुमा नयाँ तथा सुपरस्पेशियालिटी सेवाहरु दिन व्यवस्थापन लागि रहेको बताए ।
कलेजले केही समयमै अंकोलोजी, कार्डियोलोजी तथा मिर्गौला र कलेजो प्रत्यारोपणको सेवाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । अस्पतालले सञ्चालन गरेको मिर्गौला डायलाइसिस सेवा नेपालकै नमूना रहेको छ ।
0 प्रतिकृया