फरवार्डकाे स्वतन्त्र सञ्चालक सदस्यमा डा. महताे
काठमाडौं २५ साउन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् । संस्थाको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा जनकपुर निवासी डा. महतोलाई एक कार्यकालका लागि नियुक्त गरेको हो ।
डा. महताे जनकपुरस्थित राजर्शीजनक विश्वविद्यालयका डीन समेत हुन् । लामाे समयदेखि शिक्षण सेवा र व्यवसायीक क्षेत्रमा सक्रिय महताेकाे बिहीबार नै संस्थाका अध्यक्ष केशबराज पाैडेल, प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी लगायत अन्य सञ्चालक सदस्यकाे उपस्थितिमा पद तथा गाेपनियताकाे सपथ गराइएकाे छ ।
सुनसरीकाे दुहवीमा प्रधान कार्यालय रहेकाे फरवार्ड माइक्राेफाइनान्सकाे देशका ४० जिल्लामा १६० शाखामार्फत लघुवित्त कार्यक्रम सञ्ञ्चालन गरिरहेकाे छ । ग्रामिण अर्थतन्त्रलाई उकास्न तथा महिलाहरूलाइ आत्मनिर्भर बनाउन याेगदान पुर्याइरहेकाे छ ।
0 प्रतिकृया