केपी ओली राजनेता भन्दै सांसद सुनिल शर्मा बालकोटमा, कांग्रेस-एमाले सरकार गठनमा छलफल
एक्सन खबर
काठमाडौं, २९ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनेता नै भएकोले आफुले ह्दयबाट बोलेको नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले बताएका छन् । आइतबार बिहानै ओली निवास बालकोट पुग्दै सांसद शर्माले केपी ओली राजनेता नै भएको जिकीर गरेका हुन् ।
क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राज्यसत्ता प्रयोग गर्दै सिआइवी लगाएर पक्राउ गरेपनि अदालतले न्याय दिएको भन्दै शुक्रबार सांसद शर्माले केपी ओली राजनेता भएको बताएका थिए । शुक्रबार काठमाडौं जिल्ला अदालतबाट रिहा हुँदै ओलीलाई भेट गर्न बालकोट जाने बताएका सांसद शर्माले ओलीलाई ह्दयबाटै राजनेता स्वीकारेको बताए । ‘उहाँ राजनेता नै हो । हामी सबैले मानेको हो । त्यत्तिकै भनेको हैन ह्दयदेखि नै भनेको हो ।’ डा. शर्माले भने ।
भेटमा बोल्दै ओलीले बर्तमान सरकारले सुन तस्करी प्रकरणमा सरकारको आलोचना गर्ने, विरोध गर्ने सबैलाई हतकडी लगाउन संभव नभएपछि उठेर कराउने सुनिल शर्मालाई थुन्दिने र अरुलाई बोल्नै नदिने सरकारको रणनीति भएको बताए । ‘सुनिल शर्मा भनेको स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा ठूलाठूला काम गरेको सांसद भएको व्यक्ति हो उ तुरुन्तै देशै छाडेर भाग्दैनथ्यो होला नी !’ अध्यक्ष ओलीले भने ।
सुनिल शर्माले सुन तस्करीको विरुद्ध आवाज उठाएपछि सरकार त्रसित भएको बताउँदै उक्त आवाजलाई कसरी दवाउने, कसरी तर्साउने र चुप लगाउनेमा गएको बताउँदै अध्यक्षले देश भन्दामाथि कोही नहुने बताए । ‘देशभन्दा ठूलो, देशभन्दा माथि कोही हुँदैन, यहाँ प्रश्न देशको, सुशासनको छ ।’ बर्तमान सरकारबाट देशमा समृद्धिको अपेक्षा गर्न नसकिने भन्दै ओलीले भने ।
आफुले सुनिल शर्मालाई फक्राउ गर्दा आफुले न्यायको पक्षमा बोलेको बताउँदै ओलीले जननिर्वाचित सांसदलाई मनमौजी हतकडी लगाउन नपाईने पनि जिकीर गरे । ‘सांसद देश छाडेर भागि हाल्ने त हैन होला । संसदमा सभामुखलाई जानकारी नलिई, संसदको अनुमति नलिई, कसको आदेशले गिरफ्तार गरियो ? कुनै जानकारी नगरि गिरफ्तार गरिनु स्वेच्छाचारी निरंकुशता चरित्र सरकारले देखाएपछि कुन पार्टीको भनेर हेर्ने कुरा होइन ।’ डा. शर्माको पक्षमा आफुले बोल्दै गर्दा प्रणाली, व्यवस्था, प्रक्रिया र लोकतान्त्रिक मुल्य मान्यताका पक्षमा बोलेको ओलीको भनाई छ ।
सांसद शर्माको सर्टिफिकेट नक्कल भएको भए ३० वर्षसम्म सरकार के हेरेर बस्यो भन्दै प्रश्न पनि गरे । ‘अहिले लिएको त हैन होला ३० औं वर्ष अगाडीको कुरा होला । त्यसबेला सरकार के हेरेर बस्यो त ?’ सुन तस्करी प्रकरणमा सांसद शर्माले उठाएको आवाज थुन्ने हिसाबले सरकारले पक्राउ गरेको ओलीको जिकीर छ ।
सांसद शर्माले सुन तस्करीको विरोधमा लगातार बोलेकै कारण सरकारले प्रतिसोध साँधेको भन्दै शर्माको पक्षमा बोलेका थिए । प्रतिनिधिसभामा समेत एमालेले सांसद शर्माको पक्ष लिएर बोलेको थियो ।
भेटमा अध्यक्ष ओली र सांसद शर्माविच बर्तमान सरकार विघटन र कांग्रेस एमालेविच सरकार गठनका विषयमा छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र केपी ओलीले संवाद गरेर संयुक्त सरकार बनाउने विषयमा छलफल गर्नुपर्नेमा जोड दिइएको थियो ।
0 प्रतिकृया