Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


संसदीय दलको बैठकमा सांसद शर्मा ‘गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन’

एक्सन खबर
साउन, २८, २०८०


संसदीय दलको बैठकमा सांसद शर्मा ‘गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन’

काठमाडौं, २९ साउन । सांसद डाक्टर सुनिलकुमार शर्माले पटकपटक संसदमा बोल्न समय माग्दा समेत नपाएपछि आफुले सञ्चारमाध्यममा बोलेको भन्दै बोल्न नदिए बिद्रोह गर्ने चेतावनी दिएका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनैपर्ने समेत बताए ।

सुन तस्करीका बारेमा बोलेको कारणले नै पक्राउ गरिएको जिकीर गर्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामा बाट आफु ब्याक हुन नसक्ने बताए । ‘मलाई सुन तस्करीका बारेमा बोलेकैले पक्राउ गरियो, हातपात गरियो’ उनले भने,‘गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन । अहिलेको सरकार आतंककारीको सरकार हो ।’

बैठकमा उनले बोल्न नपाए आफु विद्रोहमा उत्रने समेत चेतावनी दिए । प्रमुख सचेतकले समय नदिएको उल्लेख गर्दै सभामुखसँग समय माग गर्ने नदिए संसदमा उभिइरहने उनको भनाई छ । ‘सभामुखसँग समय माग्दा दिनुभएन भने म संसदमा उभिन्छु, पञ्चायतकाल जस्तो बोल्न दिइइन भने बिद्रोह गर्छु ।’

सांसद शर्माले बैठकमा विगतमा भएका सम्पूर्ण काण्डहरूकाे छानविन हुनुपर्ने भन्दै प्रधानमन्त्री, राष्ट्रपतिले भ्रष्ट्रचार गरेकाे समेत छानविन गर्ने हिसाबले लाेकपाल विधेयक जस्ताे शक्तिशाली आयाेग बनाएर जानुपर्न भन्ने विषय समेत राखेकाे जिकीर गरे ।

सांसद शर्माले आज बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेका थिए । भेटमा ओली र सांसद शर्माविच बर्तमान गठबन्धन सरकार फेरबदल गर्ने सम्मको कुराकानी भएको थियो ।














0 प्रतिकृया