ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम
काठमाडौं, २९ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार चेकजाँच पछि राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक शु भित्रको सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको जनाएकाे छ ।
सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा ल्याएको सुन पगाल्दा ६० किलो ७८९ ग्राम भएको तौल यकिन गरिएको हो ।
सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले थप छानबिनको लागि सीआईबीलाई जिम्मा लगाएको थियो । विभागले साउन ३ गते सिनामंगलबाट मोटरसाइकल र स्कुटरको ब्रेक शु सुन सहितको १५५ किलो बरामद गरेको थियो ।
सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।
0 प्रतिकृया