Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

एक्सन खबर
साउन, २९, २०८०


ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

काठमाडौं, २९ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार चेकजाँच पछि  राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक शु भित्रको सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको जनाएकाे छ ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा ल्याएको सुन पगाल्दा ६० किलो ७८९ ग्राम भएको तौल यकिन गरिएको हो ।

सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले थप छानबिनको लागि सीआईबीलाई जिम्मा लगाएको थियो । विभागले साउन ३ गते सिनामंगलबाट मोटरसाइकल र स्कुटरको ब्रेक शु सुन सहितको १५५ किलो बरामद गरेको थियो ।

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।













0 प्रतिकृया