नेकका पूर्वविद्यार्थी सम्मिलित नेपालकाे टिमलाई रोबोट च्यालेन्जमा प्रथम स्थान
एक्सन खबर
काठमाडाैं, १ भदाै । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)का पूर्वविद्यार्थी सम्मिलित नेपालकाे टिमले रोबोट च्यालेन्ज प्रतियोगितामा प्रथम स्थान हासिल गरेकाे छ ।
चीनको बेइजिङमा आयोजित पक कलेक्ट एडल्ट विधामा रोबोट च्यालेन्ज प्रतियोगितामा (नेक)का पूर्व विद्यार्थी सम्मिलित नेपालकाे टिमले पहिलो स्थान हासिल गरेको हाे । कलेजका २००७ ब्याच इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका विद्यार्थी शशांक श्री न्यौपाने समेतकाे टाेलीले प्रथम स्थान हासिल गरेकाे हाे ।
"विज्ञान र प्रविधिले सपनाहरू प्रज्वलित गर्छ, बुद्धिमत्ताले भविष्य सिर्जना गर्दछ" भन्ने नाराका साथ २ दिनसम्म चीनकाे सियामेनमा २०औँ फुजियान प्रान्तीय युवा रोबोट प्रतियोगिता आयोजना गरिएको हाे ।
छनोट तहको माध्यमबाट प्रतियोगितामा ६२१ टोलीबाट कुल ९५१ प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा रोबोट बृहत् सीप प्रतियोगिता, चरम चुनौती प्रतियोगिता, इन्जिनियरिङ चुनौती प्रतियोगिता, नवप्रवर्तन चुनौती प्रतियोगिता र रचनात्मक प्रतियोगिता, र भर्चुअल रोबोट प्रतियोगिता गरी छवटा प्रतियोगिताहरू भएका थिए ।
प्रतियाेगितामा नेपालले लाइन फलोअर एडल्ट विधामा तेस्रो पुरस्कार पनि जितेको छ ।
0 प्रतिकृया