Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन कस्तो योग्यता चाहिन्छ ?

एक्सन खबर
भदौ, ३, २०८०


चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन कस्तो योग्यता चाहिन्छ ?

काठमाडौं, ३ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । गत साउन २६ गते सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेसँगै आयोगको उपाध्यक्ष बन्न इच्छुकले तयारी गरेका छन् ।

हालका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेपछि साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तीमा स्नातकोत्तरको उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले समेत आवेदन दिन सक्ने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । शिक्षण संस्थाको हकमा बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रूपमा ख्याती प्राप्त गरेको पुस्ट्याइँ हुने प्रमाण वा स्वयम् घोषणा गरेको व्यक्तिले समेत आवेदन दिन पाउने भनिएको छ ।

उपाध्यक्ष हुन चाहने उम्मेदवारले ४ वर्षे व्यावसायिक कार्ययोजनासहितको सोचपत्र पेस गर्नुपर्नेछ । आयोगको उपाध्यक्षका लागि बर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसमेत इच्छुक छन् । त्यस्तै डा. दिलिप शर्मा लगायत पनि इच्छुक रहेका छन् ।














0 प्रतिकृया