प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
एक्सन खबर
काठमाडौं, ३ भदौ । लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणकाे निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन समितिकाे माग गर्दै संसद अवरोध गरेका कारण आजपनि संसद बस्नेमा शंका छ । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजाे एक कार्यक्रममा आइतबारबाट संसद चल्ने बताएका थिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक अवरूद्ध भइरहेकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएकोमा त्यसकाे छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने एमालेकाे माग छ । एमालेले १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ । कांग्रेसकै सांसद डा. सुनिलकुमार शर्माले समेत सुन तस्करीमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नत्र संसदमै आमरण अनसन बस्ने घाेषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन । शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसदकाे अवराेध हटाउने विषयमा छलफल भएको थियो ।
0 प्रतिकृया