Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सरकारले सांसद सुनिल शर्मालाई पक्राउ गरेर गल्ति गर्योः जसपा अध्यक्ष यादव (भिडियोसहित)

एक्सन खबर
भदौ, ४, २०८०


सरकारले सांसद सुनिल शर्मालाई पक्राउ गरेर गल्ति गर्योः जसपा अध्यक्ष यादव (भिडियोसहित)

काठमाडौं, ४ भदौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् ।

सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ । ‘सुनिल शर्माले आइएसी गरे, एमबीबीएस गरे, कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिक मान्छे, प्रतिष्ठित मान्छेलाई ल्याएर त्यसै थुन्दिने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो बन्नका लागि मुलुकलाई अनिष्ट तर्फ धकेल्न खोजेको त हैन भन्ने विश्लेषण भइरहेको छ अहिले ।’



आफूले अपराधीलाई कहिल्यै प्रोत्साहन नगर्ने दावी गर्दै उनले सुनिल शर्मालाई अपराधी हो भनेर कसैले प्रमाणित गर्न सक्छ भन्दै प्रतिप्रश्न पनि गरे । सुनिल शर्मालाई पक्राउ गर्नु गलत भएको निष्कर्ष निकालेरै अदालतले पनि उनलाई थुनामुक्त गर्न आदेश दिएको भन्दै अध्यक्ष यादवले सरकारले यस्तो गलत काम गर्नु नहुने बताए ।

सरकारको गलत हर्कतले गर्दा सत्ता साझेदार दलहरूभित्र असन्तुष्टि चुलिँदै गएको भन्दै अध्यक्ष यादवले सरकारले गलत कामहरूलाई रोक्न नसके मुलुकमा अनिष्ट हुनेसक्ने संकेत पनि गरेका छन् ।













0 प्रतिकृया