Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


प्रकाउ पुर्जी जारी भएका विजयकुमार गच्छदारसँग सिआईबीले लियो बयान

एक्सन खबर
भदौ, ५, २०८०


प्रकाउ पुर्जी जारी भएका विजयकुमार गच्छदारसँग सिआईबीले लियो बयान

काठमाडौं, ५ भदाै ।नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएकाे छ । बालुवाटार स्थित ‘ललिता निवास जग्गा प्रकरणका मुख्य आराेपित मध्येका एक गच्छदारसँग साेमबार साँझ सिआइबीले बयान लिएकाे हाे ।

गच्छदारलाइ सिआइबीले कार्यालय बाेलाएर बयान लिएकाे हाे । पूर्व उपप्रधानमन्त्री गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ गरेकाे छैन । सिआइबीले साेमबार बयान लिएर छाडेको हाे ।

सिआइबीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेपनि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छदारको बयान गराउँदा ढिला भएको थियाे । आज संभवतः सिआइबीले प्रकरणकाे प्रतिवेदन बुझाउने तयारी गरेकाे छ ।

संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । २०७४ वैशाखमा उप–प्रधान एवं संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयको नेतृत्व गरेका गच्छदार २०६८ मा गृहमन्त्री थिए । उनी पटकपटक गरेर उपप्रधान सहित १२ पटक मन्त्री भएका छन् ।

भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । २०७६ पुसमा सिआईबीले गृह मन्त्रालयमा बुझाएको छानविन प्रतिवेदनले ‘सरकारी लिखत किर्ते’ मुद्दामा उनिहरुलाई कारवाहिको सिफारिस गरेको थियो ।

विशिष्ट व्यक्तिहरुको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर तत्कालिन उप–प्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा लगेको देखिएको छ । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदार कहाँ पेश गरेका थिए । सो प्रस्ताव राज्यमन्त्री संजय शाह ‘टकला’ र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।

सो प्रस्तावमा तत्कालिन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय दिँदा तत्कालीन शाखा अधिकृत कृष्ण राउतले प्रस्तावको लागि टिप्पणी उठाएका थिए । २०६६ चैत १९ मा सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी प्रस्ताव पेश गरेको ब्यूरोका प्रतिवेदनमा छ ।

प्रकरणमा सिआईबीले १८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएकाे छ । प्रकाउ पर्नेहरूमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङ लगायत डिल्लीबजार मातपाेत कार्यालयका कर्मचारीहरू, नक्कली माेही बनेर जग्गा लिनेहरू लगायत १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे छ ।

ब्युरोले यसप्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र डा. बाबुराम भट्टराईलाई समेत बयान कागज गराएको छ । भने, पूर्वमन्त्री चन्द्रदेब जाेशी, पूर्व मुख्य सचिव लिलामणि पौड्याललाई समेत बयान लिइसकेकाे छ ।

यी हुन् हालसम्म पक्राउ पर्नेहरू
१. मीन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका सञ्चालक
२. सुधिर कुमार शाह, पूर्व निर्वाचन आयुक्त
३.गोपाल कार्की, अवकाश प्राप्त खरिदार
४. शिवजी भट्टराई, तत्कालीन वडा सचिव
५.घमान कुमारी कार्की, नापी सर्वेक्षक
६.बाबुराजा महर्जन, नक्कली मोही
७. देव नारायण महर्जन, मोही
८.ध्रुव प्रसाद अर्याल, नापी सर्वेक्षक
९. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत
१०. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत
११. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग
१२. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय
१३. विनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी
१४.केशव तुलाधर, बिचौलिया । काठमाडौँ–३० असन
१५. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग
१६. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत
१७.सञ्जय महर्जन, नक्कली मोही
१८. सकलानन्द महर्जन, नक्कली मोही

हालसम्म रिहा भएकाहरू
१. सुरेन्द्रमान कपाली, अधिकृत
२. हुपेन्द्रमणी केसी, शाखा अधिकृत
३. कृष्ण बहादुर राउत, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव
४. धर्म प्रसाद गौतम, शाखा अधिकृत
५.लोकहरी घिमिरे, समरजंग कम्पनीको तत्कालीन प्रमुख
६.रमेश कुमार पोखरेल, समरजंग कम्पनीका तत्कालीन प्रमुख
७. सिपिका खेतान, खरिद गरेको जग्गा फिर्ता गर्ने शर्तमा रिहा














0 प्रतिकृया