Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


पर्यटनमन्त्री सुदन किरातीलाई पितृ शोक

एक्सन खबर
भदौ, ६, २०८०


पर्यटनमन्त्री सुदन किरातीलाई पितृ शोक

काठमाडौं, ६ भदौ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । आज बिहान काठमाडौंको वीर अस्पतालमा मन्त्री किरातीका बुवा हर्कबहादुर राईको निधन भएको हाे ।

मन्त्री किरातीका बुवाको निजी सचिव डाक्टर डिजन भट्टराईले राईको निधन भएकाे जानकारी दिए । लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित राई वीर अस्पतालमा थिए । मन्त्री राईको आमाको यसअघि नै निधन भइसकेको थियो । मन्त्री किरातीले बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’ मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधन भएकोमा उनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।













0 प्रतिकृया