Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

एक्सन खबर
भदौ, ६, २०८०


प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडाैं, ६ भदाै । प्रतिनिधि सभा बैठक आज बस्दैछ । अपराह्न तीन बजे बैठक बस्ने बैठकमा साउन १० देखि कार्यसूचीमा अघि बढ्न नसकेको संसद आजदेखि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरूद्ध गरेपछि सोमबार राति छानबिन समिति बनाउन सरकार तयार भएको थियो ।

उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भए पनि सर्वदलीय बैठकबाट यो निर्णय पारित नभएका कारण हिजो बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ ।

सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने लगायतको कार्यसूची आजको बैठकको छ ।

यस वाहेक आजकाे बैठकमा शुन्य समयमा सांसदहरूले सुन प्रकरण, ललिता निवास सरकारी जग्गा प्रकरण, देशभर बाढि पहिराेले निम्त्याएकाे प्रभाव लगायतका विषयमा संसद र सरकारकाे ध्यानाकर्षण पनि गराउने छन् ।













0 प्रतिकृया