नेपाल इन्जिनियरिङ कलेजमा एआई, मसिन लर्निङ र आइओटी वेस कोर्ष (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, ६ भदौ । इन्जिनियरिङ शिक्षामा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ प्रसस्त अवसर भएको विषय हो । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ अध्ययन गर्ने होभने स्वदेश र विदेश दुवैमा प्रसस्त अवसरहरु छन् ।
पोखरा विश्वविद्यालयले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङको कोर्षलाई यही वर्ष संसोधन गरेको छ । विश्वविद्यालयले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनको कोर्षमा आइटी वेस र कम्प्युटर इन्जिनियरिङका विषयहरु समेत राखेको नेपाल इन्जिनियरिङ कलेजका इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागका विभागीय प्रमुख एशोसिएट प्रोफेसर अमित साहले बताए ।
‘पोखरा विश्वविद्यालयको कोर्षहरुमा रिभिजन भएको छ । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा हाइली मोडिफिसकेन आएको छ जसमा मोस्ट अफ द सव्जेटहरु आइटी वेस्ट र कम्प्युटर इन्जिनियरिङको टच राखिएको छ ।’ ओभरलमा नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन पास भएर गएपछि विद्यार्थीसँग इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनको डिग्रीसँगै विभिन्न क्षेत्रमा जानसक्ने क्षमता समेत बृद्धि हुने एशोसिएट प्रोफेसर साहले जिकीर गरे ।
विश्वविद्यालयले पाठ्यक्रम संसोधन गरेर आइटीलाई प्राथमिकतामा राखेकाले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन पढ्दा जहाँ जहाँ आइटीको डिमाण्ड हुन्छ त्यहाँ नेकका विद्यार्थीहरुले अवसर पाउने देखिन्छ । कलेजले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन पढेका विद्यार्थीहरु कम्प्युटर इन्जिनियरिङ गरेकाहरुसँग प्रतिष्पर्धा गर्न सक्नेगरी तयार गरिरहेको बताए । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन गरेपछि पछिल्लो समय आइटीमा आएका आर्टिफिसियल इन्टेलिजन्स (एआई), मसिन लर्निङ, आइओटी जस्ता क्षेत्रसँग सम्बन्धीत विषयहरु हामी पढाउँछौं ।’ यसका अलावा नेपाल इन्जिनियरिङ कलेजले पाठ्यक्रमसँगै नन्क्रेडिट कोर्षसमेत विद्यार्थीलाई गराउने गरेको छ ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा अन्य कार्यक्रम र कलेजहरु भन्दा नेपाल इन्जिनियरिङ कलेजको शुल्क कमै रहेका छ । पूर्णकालिन फ्याकल्टी, शान्त तथा हरियाली वातावरण, प्रयोगात्मक शिक्षण विधि तथा फुल फर्निसिङ ल्याब र पुस्तकालय कलेजको विशेषता हो ।
नेकमा अध्ययन गर्दा विद्यार्थीले अन्तराष्ट्रिय तहमा पनि एक्सपोज हुने अवसर पाउँछन् । कलेजले युरोप, जापानजस्ता देशहरुका प्रतिष्ठित विश्वविद्यालय, कलेज तथा इन्जिनियरिङ क्षेत्रका संस्थाहरुसँग सहकार्य गरेको छ । कलेजमा पढ्दापढ्दै ती विश्वविद्यालय, कलेज र संस्थाहरुमा अध्ययन गर्न र रोजगारीकोसमेत अवसर पाइन्छ । ‘विद्यार्थीलाई अन्तराष्ट्रिय रुपमा एक्सपोज गर्न हामीले युरोपका विभिन्न कलेजहरुसँग सहकार्य गरेका छौं । प्रत्येक वर्ष नेपाल इन्जिनियरिङ कलेजले ती कलेजहरुमा अन्तिम सेमेस्टरका विद्यार्थीहरुलाई अध्ययनको लागि पठाउने भएकोले उनीहरुसँग अन्तराष्ट्रिय डिग्री समेत हुन्छ ।’ कलेजका सह–प्राचार्य दुर्गाप्रसाद भण्डारी बताउँछन् ।
पोखरा विश्वविद्यालयले प्रदान गर्ने छात्रबृत्ति त छँदैछ, नेपाल इन्जिनियरिङ कलेजले समेत विभिन्न शिर्षकमा छात्रबृत्तिहरू प्रदान गर्ने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज भएकोले नेकले स्थानीय तह छात्रबृत्ति, प्रादेशिक छात्रबृत्ति, सञ्चालक बोर्ड छात्रबृत्तिसँगै कलेजले हरेक सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि छात्रबृत्ति प्रदान गर्ने गरेको छ । कलेजले हरेक वर्ष एक करोडभन्दा बढीको छात्रबृत्ति दिने गरेको छ ।
0 प्रतिकृया