Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


गौरा पर्वमा केएमसी र पिपुल्स डेण्डलको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार बढीको निःशुल्क स्वास्थ्य जाँच

एक्सन खबर
भदौ, ७, २०८०


गौरा पर्वमा केएमसी र पिपुल्स डेण्डलको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार बढीको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं, ७ भदौ । सुदुरपश्चिमको राष्ट्रिय चाड गौरा पर्वको अवसरमा काठमाडौं मेडिकल कलेज तथा पिपुल्स डेण्डल कलेजले टुंडिखेलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । बिहीबार टुंडिखेलमा आयोजित गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ३ हजारको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

कार्यक्रममा केएमसी र पिपुल्स डेण्टल कलेजका चिकित्सकहरुले देउडा नाच हेर्न आएका सर्वसाधारणको स्वास्थ्य जाँच गर्नुका साथै औषधीहरु समेत वितरण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘चाडपर्व मनाउनुका साथै आम जनताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य शिविर राखेका हौं ।’ जनरल मेनेजर दाहालले भने ।

सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अन्य दलका वरिष्ठ नेताहरुको सहभागीता रहेको थियो । उनीहरुले गौरा पर्वको महत्व, सांस्कृतिक, सामाजिक पक्षको चर्चा गर्दै सार्वजनिक विदाको लागि पहल गर्ने बताएका छन् ।  

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ । निःशुल्क स्वास्थ्य शिविरले स्वास्थ्यमा पहुँच नपुगेका सर्वसाधारण बढी लाभान्वित भएकाले यस अभियानलाई नियमित चलाईरहने केएमसीका कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । हाल प्रतिनिधि सभा सदस्य तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले जनस्तरमा केएमसीको स्वास्थ्य सेवा पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् ।




















0 प्रतिकृया